Freesansar

www.freesansar.com
December 02,2012

एमाओवादीका कार्यकर्ता चढेको ट्याक्टर दुर्घटनामा प्रचण्ड घाइते

Updated on:  Saturday, December 15, 2012

अर्घाखाँची, ३० मङ्सिर । अर्घाखाँचीको ठाडामा गएराति भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । यो दुर्घटनामा अन्य पाँच गम्भीर घाइते भएका छन् ।

एमाओवादी सिद्धारा गाविसको गाउँ अधिवेशन सकेर फर्कँदै गरेका व्यक्तिहरु चढेको ना३त ६९८२ नम्बरको ट्याक्टर ठाडा गाविस–५ डोहोटेमा दुर्घटना भएको हो ।


दुर्घटनामा एमाओवादीका कार्यकर्ता सिद्धारा गाविस–४ बस्ने वर्ष ३२ का कृष्ण नेपालीको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेहरुमा ठाडाका प्रचण्ड कार्की, सिद्धाराका ऋषिराम बेल्बासे, पिताम्बर विक, घनबहादुर घर्ती, नारायण पौडेल रहेका छन । गम्भीर घाइतेहरुको बुटबलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items