कीर्तिमानको रहरले गर्दा जलेर झन्डै ज्यान गएको (तस्बिर सहित)
Updated on: Tuesday, December 11, 2012

कहिले कहीं मान्छेलाई अनेक किसिमका रहरहरु जाग्छन । तिनै रहरहरुले मृत्युको मुखमा पनि पुर्याउन सक्छ भन्दा तपाईलाई बिश्वास नलाग्न सक्छ ? तर यस्तै अबिश्वसनिय घटना घटेको छ तनहुँमा ।
"नेपाल प्रहरीका पुर्व हवल्दार ३६ बर्षीय शमशेर बहादुर लम्साललाई विश्व किर्तिमान कायम गर्न सहयोग गर्ने क्रममा बाँसले बनाइएको १ सय ५० मिटर लामो सुरुंगजस्तो गोठ भित्र २ युवा जलेर सख्त घाइते भएका छन् ।" उज्ज्यालो नाइन्टीमा खबर छ ।

"जलेर घाइते हुनेमा व्यास-१ भादगाउँका २८ बर्षीय सुरेश पन्थ र पर्वत घर भई हाल व्यास-११ दमौली बस्दै आएका २९ बर्षीय सुमित थापा रहेका प्रहरीले जनाएको छ ।" समाचारमा उल्लेख छ ।

प्रत्यक्षदर्शीहरुको भनाइमा मोटरसाइकलमा चढेर गोठमा आगो लगाउन गोठभित्र पसेका उनीहरु एक्कासी चारै तर्फबाट आगो सल्केपछि आगोमा परेका हुन् ।

घाइतेहरुलाई दमौलिकै स्थानीय अस्पतालमा प्राथमिक उपचार गराइए पनि थप उपचारका लागि भने पोखराको मणिपाल शिक्षण अस्पताल रेफर गरिएको समाचारमा उल्लेख छ ।

आगोमा युवा जल्दाका केही तस्विर, तस्विर सौजन्य : कृष्ण न्यौपाने,उज्यालो नाइन्टी नेटवर्क अफिसियल 
0 comments