Freesansar

www.freesansar.com
December 02,2012

सुरुंग भत्कियो, मर्नेहरुको संख्या बढ्दो

Updated on:  Sunday, December 2, 2012


जापानको राजधानी टोकियोबाट करिब ८० किलोमिटर पश्चिममा रहेको जापानकै सबैभन्दा लामो सुरुंग भत्किएको छ |

उक्त सुरुंग भत्किएपछि धेरै सबारी साधन अलपत्र परेका छन् भने सुरुंग भत्किदा धेरै सबारी साधन किचिएको अनुमान गरिएको छ |

त्यहाको मिडियाका अनुसार सुरुंग बाट कालो धुवा निस्किरहेको छ त्यसैले सुरुङ भित्र आगो पनि लागेको हुन सक्ने अनुमान गरिएको छ |


सुरुंग भित्र रहेको सिसि क्यामेरामा हेर्दा दुवाको कारणले गर्दा १०० मिटर सम्मको मात्रै देख्न सफल भएको समाचारमा जनाइएको छ |

समाचार अनुसार अहिले सम्म १०-१२ जना मानिसहरुको शब फेला परेको छ | प्रहरीका अनुसार त्यहाँ निक्कै मानिसहरु अड्किएको वा थिचिएको हुन सक्नेछ |

अहिले त्यहाँ आगो निभाउने र शब निकाल्ने कार्य पनि भैरहेको छ भने घाइतेहरुलाई उद्दार गरि अस्पताल लग्ने कार्य भैरहेको छ |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items