Freesansar

www.freesansar.com
December 02,2012

‘सरकारको नेतृत्व गठबन्धन बाहिरबाट’

Updated on:  Sunday, December 2, 2012

काठमाडौँ, १७ मङ्सिर : नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा–माओवादीका नेताहरुबीच आज भएको भेटवार्ताले वर्तमान सरकारको गठबन्धनबाटै नयाँ सरकारको नेतृत्व स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ ।

कोइराला निवास महाराजगन्जमा आज बिहान भएको भेटवार्तामा काँग्रेसबाट कोइराला तथा माओवादीबाट उपाध्यक्ष सिपी गजुरेल र सचिव देव गुरुङ सहभागी हुनुहन्थ्यो ।


भेटपछि काँग्रेस सभापति कोइरालाले वर्तमान सरकारमा सहभागी दलहरुको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने र अबको सरकारको नेतृत्व सरकार गठबन्धन दल बाहिरबाट खोज्नुपर्नेमा दुई दलबीच सहमति भएको बताउनुभयो ।

माओवादी सचिव गुरुङले सहमतीय सरकारको कुरा गरे पनि वर्तमान प्रधानमन्त्री कुनै हालतमा पद नछोड्ने मनस्थितिमा देखिएकाले सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकामा दुईदलबीच सहमति भएको बताउनुभयो ।

वर्तमान सरकारको वहिर्गमनपछि सरकारको नेतृत्व बारेमा दुवै दलले विकल्प खुला राख्नेबारेमा पनि छलफल भएको सचिव गुरुङले बताउनुभयो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items