Freesansar

www.freesansar.com
December 02,2012

माओवादीले तीन दल र मधेसी मोर्चाको निर्णय नमान्ने

Updated on:  Monday, December 24, 2012

काठमाडौँ , ९ पुस । नेकपा–माओवादीले तीन दल र मधेसी मोर्चाका असफल शीर्ष नेताहरुबाट सही निर्णय निस्कन नसक्ने र तिनीहरुको निश्कर्ष राष्ट्रिय सहमतिसमेत हुन नसक्ने जनाएको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालद्वारा आज जारी विज्ञप्तिमा तीन दल र मधेसी मोर्चाका शीर्ष नेताका कारण संविधान निर्माण नभइ संविधानसभाको अवसान भएको आरोप लगाएको छ ।


विद्यमान राजनीतिक सङ्कट निकासका लागि सर्वपक्षीय सहमति खोज्नुभन्दा पनि तीन दल र मधेसी मोर्चाको गोलचक्करमा राजनीति घुमाइरहने राष्ट्रपति महोदयको पछिल्लो प्रयत्नलाई हाम्रो पार्टीले गम्भीरतापूर्वक लिएको छ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यो अलोकतान्त्रिक प्रक्रियाको अभ्यास मात्र थियो र हो । यही सन्दर्भमा आज डाकिएको विघटित संविधानसभामा उपस्थित दलहरुको बैठक निकास दिनेभन्दा पनि झारा टार्ने निरन्तरताको असफल प्रयास भएकाले हाम्रो पार्टी आजको बैठकमा सहभागी नभएको हो ।”

साथै राष्ट्रपतिको भारत भ्रमण सही समयमा नभएको विज्ञप्तिमा उल्लेख छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items