Freesansar

www.freesansar.com
December 02,2012

हल्ला र पृथ्वी को अन्त्य

Updated on:  Monday, December 24, 2012


२१ डिसेम्बर २०१२ सकियो | प्रलयको कुराले कतिले घरबार छाडे रे, कतिले जागिर, धेरै ले धेरै सोचे तर केहि भएन |

अब २५ डिसेम्बरमा प्रलय हुने भन्दै हल्ला चलाउन थालेका छन् केहि |

मायाको क्यालेन्डरमा मिति सकिएको भन्दै ५००० वर्ष पुरानो मायाको क्यालेन्डर समाप्तिको दिन नै संसारको अन्त्य हुने भन्थे भने अहिले २५ डिसेम्बर मा प्रलय हुने भन्दै छन् |

 पेरु सभ्यतामा बिश्वाश गर्नेहरु, त्यहाका जोतिषहरु भने २५ डिसेम्बरलाई संसारको अन्त्य भन्दै छन् |


८०० वर्ष पुरानो यो सभ्यताले २५ डिसेम्बर २०१२मा यो संसार नस्ट हुन्छ, प्रलय आउने छ भनेर भनेको भन्दै इन्टरनेटमा खबर फैलिदै छ | नसाले २३ देखी २५ सम्म ब्ल्याक आउट हुन्छ भनेर भनेको भन्ने हल्ला पनि यही बाट चलेको अनुमान गर्न सकिन्छ |

त्यस्तै २०२९, अनि २०३६ मा पनि प्रलय हुने र संसार को अन्त्य हुने भन्ने खबर इन्टरनेटमा पाउने गरेको समाचारमा उल्लेख छ | केहि व्यक्तिहरुले भने अब यस्तो हल्ला फैलाउने कुरा नै एक धन्दाको रुपमा बिकाश भएको बताउछन |

एक पटक त्रिशुल बाबाले पनि असार ६ गते भूकम्प आउछ भन्ने हल्ला फैलाए पछि धेरै मान्छेहरु डराएका थिए | त्यस्तै यस्ता हल्लाहरु आउने क्रम नभएको भने होइन सन् २०११ मे २१ अनि त्यो भन्दा पहिला पनि सन् २००६ जुन ६ को दिन पनि संसारको अन्त्य हुने बारेमा हल्ला भएको थियो |

यो पटक, मायाको सभ्यतामा पृथ्वीमा अर्को ग्रह आएर ठोक्किने र त्यसबाट पृथ्वीको अन्त्य हुने बताइएको थियो | हिन्दु धर्म ग्रन्थको अनुसार पनि पृथ्वीको अन्त्यको समय आउदै गरेको बताइएको छ | धर्म शास्त्रका अनुसार प्रत्येक युगमा ७१ खण्डहरु हुने गर्दछन | अहिले सत्य, त्रेता अनि द्वापर युग र तिनका सबै खण्डयुग हरु सकिसकेको र कलियुग को पनि २८ औं खदामा हामी रहेको बताइएको छ | कलियुगमा हुने ७१ वटा युगमा अहिले २८ औं चलिरहेको छ | अझै ४३ वटा युग पछि मात्र पृथ्वीको नस्ट हुने कुरा शास्त्रमा भनिएको छ |

अनि अर्को कुरा हिन्दु धर्म शास्त्रको बारेमा बताउने हरुले के पनि भनेका छन् भने पहिला मानिसहरु, अहिले जिबित रहेका सम्पूर्ण सजिबहरु सबै लोप भएपछि पनि धेरै बर्ष पछी मात्र पृथ्वीको अस्तित्व सूर्यमा मिल्ने भनिएकोले अहिले पृथ्वीको विनाश अहिले नहुने बताउछन |

उता बैज्ञानिक हरुले पनि पृथ्वीको आयु अझै ४ अर्ब वर्ष बाकी रहेको बताउदै छन् | त्यसैले पक्कै पनि अहिले नै प्रलय भएर वा कुनै ग्रहले ठक्कर दिएर पृथ्वी सम्पूर्ण विनाश हुन्छ भन्ने कुरा आधारहिन छ यसमा कुनै सत्यता छैन |
-एजेन्सीको सहयोगमा

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items