Freesansar

www.freesansar.com
December 02,2012

नेता बास्तोलाको स्वास्थ्यमा सामान्य सुधारका लक्षण

Updated on:  Friday, January 4, 2013


भद्रपुर, २० पुस । मस्तिष्कघात भई दिल्लीको मेदान्त अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सामान्य सुधारका लक्षण देखिएको छ ।

उहाँको फोक्सोमा जमेको कफ र घाँटीको नली सफा गर्नुका साथै मस्तिष्कमा जमेको पानी निकालिएपछि सुन्निएको भाग केही घटेको पारवारिक स्रोतले जनाएको छ ।

सो अस्पतालमा ७२ घन्टादेखि अचेत अवस्था (कोमा) मा रहेका उहाँलाई नलीबाट झोल पदार्थसमेत दिन थालिए पनि अवस्था जटिल नै रहेको बताइएको छ ।

पुस १४ गते मस्तिष्कघात भएपछि भारतको सिलगुडीमा उहाँको मस्तिष्कको पहिलो शल्यक्रिया गरिएको थियो । त्यसपछि उहाँलाई पुस १६ गते एयर एम्बुलेन्सबाट दिल्ली पु¥याई मेदान्त अस्पतालमा भर्ना गरिएको हो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items