भर्जिनिटी बेच्दै १८ बर्षीय रेबेका ( Watch Video )
Updated on: Friday, January 4, 2013
पैसाको लागि भर्जिनिटी बेच्ने प्रथा नै सुरु भएको छ | आफ्नो भर्जिनिटी बेच्दा धेरै नै पैसा आउने भएपछि पश्चिमेली देशहरुमा अहिले भर्जिनिटी बेच्ने घटना धेरै सुन्न पाइन्छ |
हालै मात्र ब्राजिलकी एक १८ बर्षीय युवतीले आफ्नो आमाको उपचारको लागि भन्दै रकम जुटाउनको लागि भन्दै भर्जिनिटी ( कुमारीत्व ) बिक्रि गर्ने घोषणा गरेकी छिन | आफ्नो भर्जिनिटी लिलामीको भिडियो यु ट्युबमा राखेकी उक्त युवतीले कुमारीत्व बेचेर आएको रकम आफ्नो आमाको उपचारमा खर्च गर्ने बताएकी छिन |
फुटबल खेलेर चर्चामा आएकी ब्राजिल निवासी उनि हुन् रेबेका बर्नार्डो | आफ्नी आमालाइ स्ट्रोकले सताएपछि उनले आमाको उपचारको लागि खर्च जुटाउन धेरै विकल्पहरु अपनाएकी थिइन | प्राय: अपनाइएका सबै जसो विकल्पहरु आशाफल भएकोले उनले यस्तो निर्णय गरेको उनको भनाइ छ |
आमाको उपचारको लागि लाग्ने खर्च जुटाउनको लागि उनले एक होटलमा वेटरको काम पनि गरेइ थिइन | तर त्यहा काम गरेर आउने पैसाले उपचार खर्च नपुग्ने देखेपछि उनले आफ्नो भर्जिनिटि बेच्ने निर्णय गरेकी थिईन |
अहिले सम्म उनलाई ५५ हजार डलर को अफर आएको छ तर उनले अझ धेरै चाहेको समाचारमा उल्लेख छ |
केहि समय अघि ब्राजिलकी २० बर्षिया युवतीले घर बनाउने भन्दै युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलर भर्जिनिटी बेचेको समाचारले निक्कै चर्चा पाएको थियो |
उनको यु ट्युबमा अपलोड गरिएको भिडियो यस्तो छ...
0 comments