Freesansar

www.freesansar.com
December 02,2012

जिप दुर्घटनामा ६ जना घाइते, दुईको अवस्था चिन्ताजनक

Updated on:  Thursday, January 3, 2013


सोलुखुम्बु, १९ पुस । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेलेतर्फ जाँदै गरेको जिप जोगारा सडकखण्डमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुधबार बेलुकी ८ बजेतिर बा९च ७९६२ नम्बरको मुस्ताङ म्याक्स जिप न्यूट्रलमा राखेर जिप चालक तेल हाल्न बाहिर निस्कँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा नेले–७ सोलुखुम्बुकी कल्पना बस्नेत, नेले–२ की जमुना राई, नेले–७ का भरत कटुवाल, सीता थापा र सरिता गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक सुदनसिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते एकजनाको नाम खुल्न सकेको छैन भने दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको सोलु अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तेल हाल्नका लागि सिटबाट बाहिर निस्कँदै गर्दा दुर्घटना भएकाले जिप चालक दोलखाका जगन्नाथ बम्जन भने सकुशल रहेका छन् । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items