महानायक राजेश हमालको पत्नी कोमल ओली
Updated on: Thursday, January 3, 2013
केहि समय अघि महानायक राजेश हमालले आफ्नो बिहे अर्को मङ्सिर भन्दा अघि नै हुने बताएका थिए | सबैको चासोको बिषय बनेको छ राजेश हमालको श्रीमती को होला त |
भर्खरै मात्र प्राप्त खबर अनुसार कोमल ओली राजेश हमालको श्रीमती बन्ने भएकी छिन | कोमल ओली रिल लाइफमा राजेश हमालकी श्रीमती बन्न लागेकी हुन् |
भर्खरैमात्र फिल्ममा अभिनय सुरु गर्न थालेकी कोमल ओलीले नया चलचित्र "राजनीति"मा अभिनेत्रीको रुपमा देखा पर्ने भएकी छिन | यस चलचित्रमा नायक राजेश हमाल हुनेछन भने कोमल ओली उनकी पत्नी हुने छिन |
बुधबार बिहान कोमल ओलीले फिल्मको सम्झौतापत्रमा हस्ताक्षर गरेर ड्रेस समेत छनौट गरेको नागरिक दैनिकले लेखेको छ |
'महिला सशक्तिकरण र सकारात्मक परिवर्तनका लागि समाजमा महिलाले पुर्याएको योगदानमाथि फिल्म केन्द्रित भएकोले यो फिल्ममा काम गर्न मन लागेको र त्यसका लागि बेलायत मा हुने कार्यक्रम पनि रद्द गरेको ओलीले बताइन |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Entertainment
0 comments