शिक्षकले अपमान गरेपछि विद्यार्थीद्वारा आत्महत्याको प्रयाश
Updated on: Wednesday, January 2, 2013
शिक्षकले बिद्यालय पोशाक नलगाएको भन्दै कक्षा भित्र नै अपमान गरेपछि एक छात्रले आत्महत्याको प्रयास गरेका छन् | कन्चनपुरको महेन्द्रनगरमा रहेको फ्लोरिडा इन्टरनेसनल उच्च माविमा कक्षा १० मा पढ्ने १६ वर्षिय नरेश लोहारले विद्यालयकै दोश्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् ।
दार्चुला घर भइ विद्यालयकै छात्रबासमा बस्ने लोहारले बिद्यालय पोशाक नलगाएको भन्दै शिक्षकले अपमान गर्नुका साथै सामान्य कुटपिट पनि गरेका थिए | लोहार कक्षा सकिए लगत्तै करिब १२: ३० तिर कक्षा बाट बाहिर निस्केर बिद्यालयको दोस्रो तलाबाट हाम फालेका थिए |
टाउको र निधारमा गम्भीर चोट लागि घाइते भएका लोहारलाइ महाकाली अंचल अस्पतालमा उपचारको लागि लागिएको थियो | त्यहाँ उपचार हुन नसकेपछि उनको उपचारको लागि भारत पठाइएको विद्यालयले जनाएको छ |
बिद्यालयको प्रधानाध्यापक निशा भट्टले भने शिक्षकको बचाउ गर्दै केहि दिन देखि लोहार तनाबमा रहेको र अचानक यस्तो कदम
चालेको बताउछिन | एक विद्यार्थीका अनुसार यो घटनाको बारेमा कसैलाई केहि नभन्न बिद्यालयले निर्देशन दिएको छ | घटना बारे प्रहरीलाई पनि जानकारी दिइएको छैन भने कुटपिट गर्ने शिक्षकको नाम पनि गोप्य राखिएको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments