सन्नी लियोन भन्छिन स्वप्न गन्तब्य त सगरमाथा
Updated on: Wednesday, January 2, 2013
सन्नी लियोन बिगबोस ५ मा आएर एक्कासी हिट भईन | अझ जिस्म २ बाट त उनले धेरै चर्चा हुने मौका पाइन |
उनै चर्चित पोर्न स्टार संग भएको एउटा सटकट अन्तर्वार्ता हिन्दुस्तान टाइम्सको साप्ताहिक ब्रन्चमा प्रकाशित भएको छ।
उनले यो अन्तर्वार्तामा सोधिएको तपाँइको स्वप्न गन्तव्य कुन हो? भन्ने प्रश्नमा सगरमाथा भनेर उत्तर दिएकी छिन |
भारतीय मुलकी क्यानडाकी यी पोर्नस्टारले सगरमाथालाई आफ्नो सपनाको गन्तव्य मानेकी रहिछिन । बलिउड मुलधारे फिल्ममा जम्न संघर्ष गरिरहेकी पोर्न स्टार के भन्छिन् त ?
अहिलेको काम : रागिनी एमएमएस टू
जीवनको राम्रो समय : मेरो बिबाह
जीवनको नराम्रो समय : अभिभावकको निधन
कलाकार नभएको भए : नर्स हुने थिएँ
हिन्दी फिल्ममा डेब्यु हुने अवसर पाएको भए कुन फिल्म : मैले जिस्म २ नै रोज्थेँ
बलिउडको राम्रो पक्ष : यो आफैमा एउटा विश्व हो, यसबारे सिक्दैछु। नयाँ व्यवसायका लागि राम्रो ठाउँ
बलिउडमा सबैभन्दा मन पर्ने कलाकार : आमिर खानको फिल्म आमासँग बसेर हेर्दा धेरै रमाइलो लाग्छ।
मन पर्ने पञ्जावी खाना : आलुको परौठा
केले डर पैदा गर्छ : परिवारको सदस्य वित्दा
कालो सारी कि छोटो कालो लुगा : छोटो कालो लुगा
आइटम गीत जसमा नाच्न चाहनुहुन्छ : चिकनी चमेली...
मन पर्ने सडकको खान : गोलगप्पा
तपाँइको थ्री एम फ्रेन्ड : मेरो पति, ड्यानिलल वेभर
तपाँइको ड्रिम गन्तव्य : सगरमाथा
जीवनमा लिएको रिस्क : विग बोस ५ मा जानु। दर्शकले मलाई घृणा गर्लान भन्ने सोचेको थिए र यो मेरो घरभन्दा धेरै टाढा थियो।
मन परेको रोमान्टिक फिल्म : डर्टी डान्सिङ
पाँच कुरा जसले तपाँइलाई मुस्कान दिन्छ :
१. मेरो पति
२. मेरो कुकुर
३. मेरो भाइ
४. कसैलाई मैले सघाउन सकेँ भने
५. नयाँ जुत्ता
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Entertainment, Interview
0 comments