झापामा पनि एक किशोरीको सामुहिक बलात्कार
Updated on: Thursday, January 3, 2013
भद्रपुर, १९ पुस । झापाको दमकमा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।
चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक–९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनामध्ये तीनजनालाई आज बिहान ५ बजे पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक–९ बस्नेहरू १७ वर्षीय सचिन भट्टराई, सन्दीप दर्जी र १९ वर्षीय आशीष दर्नाल रहेका छन् । उनीहरूले अपराध स्वीकार गरिसकेको बताइएको छ ।
उक्त घटनामा संलग्न रहेका अर्का एकजना फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ती युवतीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments