क्रुर सामुहिक बलात्कार, पिडितको गुप्ताङ्गमा ढुंगा
Updated on: Saturday, March 30, 2013
पतिको अगाडी नै एक महिलाको सामुहिक बलात्कार भएको छ | बलात्कारी यति क्रुर बने कि बलात्कार पछि गुप्ताङ्गमा ढुंगा हालिदिए | मुजफ्परपुर जिल्लामा बलात्कारीले यति धेरै पिडा दिए कि पिडित को मृत्यु नै भयो |
बिहारको मुजफ्फरपुर जिल्लाको मंडई खुर्दमा बुधबार एक महिला आफ्नो पति संगै सकरा फरीदपुर बाट फर्किरहेकी थिइन् | बाटोमा उनीहरुलाई केहि व्यक्तिहरुले समाए | पतिलाई बाँधेर उनकै अघि सामुहिक बलात्कार गरे |
जब महिलाले बिरोध गरिन, उनको पुरै शरीरमा अपराधीहरुले दांतले तोकिदिए | त्यहि पिडा दिएर मात्र उनीहरुको मन भरिएन | सामुहिक बलात्कार र टोकाई पछि उनीहरुले महिलाको गुप्ताङ्ग कपडा संगै ढुंगा माटोले भरिदिए |
यो घटनाको जानकारी पाएपछि स्थानीयले सकरा रेफरल अस्पतालमा पुर्याए | महिलाको हालत निक्कै नाजुक भएकोले त्यहाका डाक्टरले उनलाई मेडिकल कलेजमा रिफर गरे | तर उपचारको लागि समस्तीपुर लैजादै गर्दा उनको मृत्यु भयो |
परिवारले मृत्यु भए पछि उक्त लाशलाइ गाडेका थिए | तर मृतक को नन्दले प्रहरीलाई खबर गरेपछि प्रहरीले लासलाइ चिहान बाट निकालेर पोस्ट मार्टमको लागि पठाएको छ | सोधपुछ को लागि एक व्यक्तिलाई चौकीमा ल्याएको खबर छ | प्रहरीले अन्य अपराधीको पनि खोजि गरिरहेको छ |
another-brutal-gang-rape-in-india-bihar
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: World
0 comments