संसारकै खतरनाक शहरहरु , भुलेर पनि नजानुहोस (फोटो फिचर)
Updated on: Saturday, March 30, 2013
पृथ्वीका केहि भागहरु धेरै राम्रा छन् | धेरै पर्यटकहरु पनि घुम्नको लागि भन्दै यस्ता ठाउहरुमा जाने गर्दछन |
तर राम्रा देखिएका केहि शहरहरु धेरै खतरनाक पनि छन् | जहाँ जानु भनेको नै आफ्नो ज्यान गुमाउनु हो | केहि यस्ता शहरहरु छन् जुन त्यहाको आन्तरिक परिस्थिति अनि सामाजिक ब्यबस्थाका कारण खतरनाक शहरमा गनिन पुगेका छन् |
आउनुहोस चिनौं कुन कुन शहर खतरनाकमा गनिन्छन त |
भेनेजुएला, काराकास
भेनेजुएलाको काराकास लागुपदार्थ को अबैध व्यापार तथा अपराधको कारण पर्यटकको लागि निकै अशुरक्षित मानिन्छ | यो शहर लुटपाट, चोरी. डकैति तथा हत्या, बलात्कार जस्ता अपराधमा निक्कै अगाडी रहेको मनिन्छ | सरकार अपराध नियन्त्रणको लागि असक्षम हुँदा यहाँ दिनहु अपराध बढ्दै गएको छ |
केन्या, नैरोबी
नैरोबी पनि आतंकबादको कारण अशुरक्षित मानिन्छ | यो अनि यसका आसपासका शहरहरुमा हुने धेरै आतंकबादी हमलाले गर्दा यो सहर निक्कै अशुरक्षित मानिएको हो | गएको बर्ष २९ अप्रिल २०१२ मा चर्चको नजिकै ग्रिनेट पड्किदा १ व्यक्तिको मृत्यु भएको थियो | त्यस्तै १० मार्च २०१२ मा भएको अर्को घटनामा ६ जनाको मृत्यु भएको थियो |
आईवरी कोस्ट, अब्दिजन
अहिले यहाको राजनीतिक अबस्थामा निक्कै सुधार भए पनि पुब राष्ट्रपति पक्राउ परेको कारण यहाको स्थिति निकै गम्भीर भएको थियो | अहिले पनि चोरी डकैति, लुटपाट, प्रदर्शन को कारणले यहाको ,स्थिति अझै खराब छ |
लेबनान, बेरूत
बेरुतमा भैरहेको हिँसा तथा युद्धका कारण यो शहर पनि पर्यटकको लागि निक्कै नै खतरनाक रहेको छ |
डेमोक्रेटिक रिपब्लिकन अफ कंगो,किन्शासा
किन्शासामा बासिन्दाहरुले आफ्नो सुरक्षा आफैले गर्नु पर्दछ | स्थानीय बासिन्दाहरु यहाँको न्याय ब्यबस्थामा कुनै बिश्वाश गर्दैनन | यहाँको मुख्य समस्या भनेको चोरी, डकैति,वेश्यावृत्ति साथै पुलिसले जथाभाबी पक्राउ गर्ने रहेको छ |
चाड, जामेना
लिबियामा फैलिएको हिंसाको असर चाडमा पनि परेको छ | २०१० मा शान्ति सम्झौता भए पनि जामेना शहरमा आतंकबाद अनि अपहरणले छाडेको छैन |
सेंट्रल अफ्रीकन रिपब्लिक, बेंगुई
२०११ जुन मा सुरु भएको हिंसाको कारण यो शहर अहिले सम्म शान्त रहन सकेको छैन | धेरै पटक सरकारले यहाँ कर्फ्यु लगाईसकेको छ | यहाँ धेरै चोरी, लुटपाट हुने गर्दछ |
इराक, बग्दाद
इराकको राजधानी बग्दाद हामी सबैले सुनेकै नाम हो | इराकमा केहि वर्ष अघि भदौ महिनामा १२ जना नेपालीको निर्ममतापुर्बक हत्या भएको थियो | यहाँ आत्मघाती हमलामा नै धेरै व्यक्तिको ज्यान जाने गरेको छ |
most-dangerous-city-on-the-world
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Amazing World
0 comments