Freesansar

www.freesansar.com
December 02,2012

मलेसिया र अफगानिस्तान विजयी

Updated on:  Thursday, March 28, 2013

एसिसी ट्वान्टी-२० कप प्रतियोगिता अन्तर्गत आज भएका खेलहरुमा मलेसिया र अफगानिस्तान विजयी भएका छन्। त्रिविवि मैदानमा आज बिहान भएको खेलमा मलेसियाले सिंगापुरविरुद्ध छ विकेटको फराकिलो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गर्दै सिंगापुरले दिएको १७२ रनको लक्ष्यलाई मलेसियाले १२ बल बाँकी छँदै पूरा गरेको हो।

मलेसिया र सिंगापुर रहेको समूहमा नेपाल पनि रहेको छ। यो समूहमा दुई जितका साथ हङकङ सबैभन्दा अगाडि छ भने नेपाल, मलेसिया र माल्दिभ्स एक विजयका साथ दुई अंकमा छ। नेपाल र मलेसियाबीचको खेल शनिबार हुँदैछ।

इन्जिनियरिङ कलेजमा आज भएको अर्को खेलमा बहराइनलाई अफगानिस्तानले ७२ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य बोकेर मैदानमा उत्रिएको बहराइन १५.५ ओभरमा ८५ रनमै समेटियो।

काठमाडौँ, चैत १५ (नागरिक)

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items