Freesansar

www.freesansar.com
December 02,2012

तँ बिर्खेलाई चिन्छस ?

Updated on:  Saturday, March 23, 2013

अमेरिकाबाट गाऊँमा चतुरेलाई फोनमा फुर्ति लाऊँदै

धतुरे : ओई चतुरे ओबामालाइ चिन्छस ?
चतुरे : चिन्दिन यार !

धतुरे : अमेरिका आए पो चिन्थिस ! अनि एन्जेलिना जोलीलाई चिन्छस त एन्जेलिना जोली?.
चतुरे : अहँ, चिन्दिन यार ! त्यो हाम्लाई पढाउने मिस त हैन नि ?


धतुरे : अंग्रेजी फिल्म हेरे पो चिन्थिस ! अनि रिहानालाइ चिन्छस त रिहाना ?
चतुरे : अहँ, चिन्दिन यार ! त्यो रामेको सहरिया भाउजु त हैन नि ?
धतुरे : अंग्रेजी गीत सुने पो चिन्थिस त

धतुरेका कुरा सुनेर चतुरेलाई पनि जंग चल्यो र झन्कींदै भन्यो,

चतुरे : साले धतुरे, तँ बिर्खेलाई चिन्छस बिर्खे ?

धतुरे : अहँ चिन्दिन यार !
चतुरे : साले त्यो तेरै स्वास्नीको boy friend हो, कहिल्यै घर बसे पो चिन्थिस !

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items