Freesansar

www.freesansar.com
December 02,2012

मच्छिन्द्र हराउँदै मनाङ सुपर लिगको दोस्रो स्थानमा

Updated on:  Saturday, March 23, 2013

मनाङ–मस्र्याङ्दी क्लव राजधानीमा जारी शहीद स्मारक रेडबुल सुपर लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।

उपाधि दावेदारीलाई कायमै राख्ने क्रममा मनाङले आज मच्छिन्द्र फुटबल क्लवलाई ३–० ले पराजित ग-यो ।


मनाङलाई जिताउन अफ्रिकीमुलका खेलाडी सिकोले दुई तथा राष्ट्रिय खेलाडी अनिल गुरुङ्गले एक गोल गरे । यो जितसँगै २० खेलबाट ३७ अंक बटुलेको मनाङ्ग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

हारपछि ३२ अंककोे मच्छिन्द्र उपाधि होडबाट टाढिएको छ । त्यसैगरी ३५ अंकको न्यूरोड टिम एनआरटी तेस्रो स्थानमा झरेको छ ।

आजको दोस्रो खेलमा अहिले लिग लिडर थ्रीस्टारले रानीपोखरी कर्नर टिम आरसीटीको सामना गरिरहेको छ ।

१९ खेलबाट ३९ अंक बटुलेको थ्रीस्टारले यो खेलमा विजय हासिल गरे उपाधि दावेदारीलाई अझै बलियो बनाउने छ । सातौं स्थानको आरसीटीको समान खेलबाट २९ अंक छ ।


via- Image Channel

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items