रहेनन् राष्ट्रपति रहमान
Updated on: Wednesday, March 20, 2013
बंगलादेशका राष्ट्रपति जिल्लुर रहमानको आज निधन भएको छ । ८४ वर्षिय रहमानको सिंगापुरको एक अस्पतालमा उपचार हुदै थियो |
उहा मृगौला र स्वासप्रश्वासको समस्याबाट ग्रसित हुनु हुन्थ्यो | उपचारको क्रममा नेपाली समय अनुसार आज साढे ४ बजे उहाको निधन भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
मृगौला र श्वाप्रस्वासमा समस्या भएपछि उनलाई ११ दिनअघि सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पताल भर्ना गरिएको थियो |
५० वर्ष भन्दा बढी समय राजनीतिमा सक्रिय रहमान सन् २००९ मा राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो | सत्तारुढ बंगलादेश पिपुल्स लिगका नेता रहमान बंगलादेश स्वतन्त्रता संग्रामका एम प्रमुख नेताको रुपमा मानिनु हुन्छ |
The president of Bangladesh, Zillur Rahman, has died after a long illness, a spokesman for the prime minister's office in Dhaka has announced.
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: World
0 comments