Freesansar

www.freesansar.com
December 02,2012

इशानी बनिन् मिस नेपाल | Miss Nepal 2013 ( With Video)

Updated on:  Thursday, March 21, 2013

इशानी श्रेष्ठ यस बर्षकी नेपाल सुन्दरी अर्थ मिस नेपाल घोषित भएकी छिन् | काठमाडौँको प्रज्ञा प्रतिष्ठान हलमा भएको प्रतिस्पर्धामा उनले १८ जना प्रतिस्पर्धीलाइ पछि पर्दै उक्त उपाधि जितेकी हुन् |

अन्तिम प्रतिस्पर्धामा मुख्य निर्णायक पूर्व मुख्य सचिव तीर्थमान शाक्यले उनलाई एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने प्रश्न सोधेका थिए | र उक्त प्रश्नको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन् ।

त्यस्तै फर्स्ट रनर अप रोजिशा शाही ठकुरी भइन भने सेकेन्ड रनर अप श्रीतिमा शाह भएकी छिन् | मिस नेपाल इशानी श्रेष्ठले मिस वोर्ल्डमा नेपाल तर्फबाट सहभागिता जनाउने भएकी छिन् | त्यस्तै फर्स्ट रनर अप रोजिशा शाही ठकुरीले मिस यार्थमा नेपालको प्रतिनिधित्व गर्ने छिन् भने सेकेन्ड रनर अप श्रीतिमा शाहले भने मिस इन्टरनेसनल सहभागिता जनाउने छिन्।

विजेताले ५० हजार, दोस्रोले ३५ र तेस्रोले २५ हजार रुपैयाँ नगद र एउटा अपार्टमेन्ट पाउनेछन् ।

त्यस्तै मिस फोटोजेनिक श्रीतिमा शाह, पन्क्चुआलिटी मेघना श्रेष्ठ, ब्युटिफुल स्माइल रिजु श्रेष्ठ, बेस्ट वाक इशानी श्रेष्ठ, ट्यालेन्टको उपाधि सिपोरा गुरुङले जितिन् । एसएमएसमा बढी मत पाएर मिस बब्ली उपाधि अस्मिता सिटौलाले जितिन् ।

यस्तो छ मिस नेपाल २०१३
हेर्नुहोस भिडियो |


This video Miss Nepal 2013: Ishani Shrestha (Congratulations) is hosted in youtube and uploaded by Nepali Karyakram

Ishani Shrestha has been crowned as Miss Nepal 2013 in a glittering grand finale of the beauty pageant organised at Nepal Academy Hall, Kamaladi in the Capital.
Twenty-one-year old Shrestha, selected from 17 finalists, was crowned by Miss Nepal 2012 Shristi Shrestha.


Watch from Vimeo.

Miss Nepal 2013 from Tharuwan on Vimeo.

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items