ट्याक्टर दुर्घटना, तिनको मृत्यु
Updated on: Sunday, March 24, 2013
आइबार बिहान भोजपुरमा ट्याक्टर दुर्घटना भएको छ | दुर्घटनामा परि तीन विद्यार्थीको ज्यान गएको छ ।
ना ३ त ७००७ नम्बरको ट्याक्टर भोजपुरको होम्ताङ-५, मा दुर्घटना भएको थियो | ट्याक्टर सडकवाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रहरीको अनुसार सगरमाथा उच्चमाध्यामिक विद्यालयमा अध्ययनरत १२ बर्षीय मिलन थापा, १५ वर्षीय नारायण थापा र १८ बर्षीय नन्दमाया थापाको मृत्यु भएको छ |
प्रहरीले ट्याक्टरका चालक र सहचालकलाई नियन्त्रणमा लिएको जनाएको छ |
Tractor Accident,
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments