मञ्जरी अब बैशाख २० मा ( With Video)
Updated on: Sunday, March 24, 2013
सेन्सर बोर्डले केहि दृश्यमा आपत्ति जनाएपछि चैत्र ९ गते रिलिज हुने भनिएको चलचित्र "मञ्जरी" सोहि मितिमा रिलिज हुन सकेन | सामान्य दृश्यमा पनि झमेला परेपछि निर्माण पक्षले सिनेमाको रिलिज मिति नै सारेको छ | धेरैले प्रतीक्षा गरेको मञ्जरी अब बैशाख २० मा प्रदर्शन हुने भएको छ |
गणेशदेव पाण्डेले निर्देशन गरेको यो चलचित्रलाई रेश पाण्डे र महेश चालिसेले निर्माण गरेका हुन् ।
यस चलचित्रमा गौरब पहाडी, सुजाता कोइराला, टिका पहाडी लगायतका कलाकारले अभिनय गरेका छन् | यसले चैत्र ९ गते रिलिज हुने भन्दा यसको चर्चा निक्कै नै चलेको थियो | अब डेड महिना पछि सरे पछि यसको चर्चा यत्तिमै सिमित राखन यो चलचित्रले निक्कै मिहेनत गर्नु पर्ने देखिएको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Entertainment
0 comments