नेपालीले नै गरे नबिल बैंक ह्याक (With Video)
Updated on: Saturday, March 30, 2013
तपाइलाई आफुले खाता खोलेको बैंकबाट पासवोर्ड परिवर्तन गर्न वा अफर आएको छ, अफर प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस भन्दै इमेल त आएको छैन ? आएको भए साबधान रहनुहोस |
कुनै पनि बैंकले तपाइलाई आफ्नो बैकको पासवोर्ड परिवर्तन गर्नु भनेर इमेल गर्दैन | यदि तपाइको त्यो लिंकमा क्लिक गर्नु भयो र आफ्नो युजरनेम र पासवोर्ड राख्नु भयो भने तपाइको एकाउन्ट बाट अरुले नै पैसा निकाल्न सक्छ |
विगत केहि महिना देखी नेपालका विभिन्न वित्तिय संस्थाहरुको e-banking का लागी Login गर्ने मुख्य पृष्ठसंग दुरुस्त मिल्ने पेज (Login Page) बनाई वित्तिय संस्थाहरुका खातावालाहरुलाई सुरक्षाका कारण पासवर्ड परिवर्तन गर्न आग्रह गर्दै बिभिन्न ग्राहकहरुलाई इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो लिङ्कमा गएर आफ्नो युजरनेम र पासपवर्ड हान्नुस् भनि spam email हरु पठाउने र ग्राहकहरुलाई झुक्याई बैंकको एकाउन्ट नम्बर, नाम, ठेगाना तथा पासवर्ड चोरी गर्ने अपराधिक प्रवृति बढ्ढै गएको ।
यस्तै घटना घटेको छ झापामा; नबिल बैंकको झापाको शाखाबाट ६ जनाको रकम यसरि नै लुटिएको छ | हेर्नुहोस खबर भित्रको खबर मार्फत भिडियो रिपोर्ट
nabil-bank-Khabar-Bhitra-Ko-Khabar-March-29-2013
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Video News
0 comments