कता छन् ८ करोड चिट्ठा पर्ने डिल्लीराम ?
Updated on: Sunday, April 28, 2013
दोहा विमानस्थलमा १० लाख अमेरिकी डलर अर्थात् झन्डै ८ करोड ८७ लाख नेपाली रुपैयाँ चिठ्ठा पर्ने डिल्लीराम पराजुलीको खोजि भैरहेको छ |
८ करोडको चिट्ठा पर्दा पनि यत्तिको दिन सम्म चिट्ठा दाबी गर्न नगए पछि उनको खोजि हुन थालेको छ |
कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार अहिले विभिन्न संघ सस्थाले उनको खोजि गरिरहेको छ |
चिट्ठा पर्ने नेपाली डिल्लीराम पराजुलीको नेपाल स्थित पुरा ठेगाना थाहा नहुदा खोजि कार्य पनि जटिल बनेको छ |
‘ड्युटी फ्री’ को उक्त भाग्यशाली चिट्ठाले पराजुलीलाई बिहिबार नै करोडपति बनाएको थियो |
कतार एयरवेज तथा कतार ड्युटी फ्री सपका प्रमुख कार्यकारी अधिकृत अकवर अलबाकरले बिक्रि भएका पाँच हजार चिट्ठाबाट एउटा चिट्ठा छान्दा उनको भाग्यमा ८ करोड त पर्यो तर अहिले सम्म उनि दाबि गर्न गएकै छैनन् |
५ हजारमा उनको चिट्ठा नम्बर भने १९२२ थियो |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Prabas
0 comments