Freesansar

www.freesansar.com
December 02,2012

उजुरी गर्न आउदा प्रहरीले नै गर्यो बलात्कार

Updated on:  Monday, April 29, 2013

ताप्लेजुङमा एक महिलालाई प्रहरीलेनै बलात्कार गरेको घटना सार्बजनिक भएको छ |

आफ्नै देबर पर्नेले पटक पटक बलात्कार गरेको भन्दै उजुरी दिन गएकी महिलालाई प्रहरीले नै बलात्कार गरेको रहस्य खुलेको छ |

ताप्लेजुङको दोखु गाउँ विकास समिति वडा नम्बर ७ मा बस्ने एक महिलाले आफ्नो देबर पर्ने अल्ले कान्छाले पटक पटक बलात्कार गरेको भनेर सुकेटार विमानस्थल प्रहरी चौकीमा उजुरी दिएकी थिइन् |

पिडितको उजुरी पछि प्रहरीले पीडक ( आरोपी) र पिडित दुबैलाई पक्राउ गरेको थियो | पक्राउ पछि गए राति पिडित ती महिलालाइ चौकीमा कार्यरत असई कमल राईले पनि बलात्कार गरेको महिलाले बताएकी छिन |

आरोपी सहित तिनै जनालाई गए राति नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ |

crime-on-taplejung-by-police

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items