मोबाइल फोन चलाउन प्रतिबन्ध
Updated on: Monday, April 29, 2013
उच्च माध्यमिक शिक्षा परिषद्द्धारा संचालन गर्न लागिएको यस बर्षको कक्षा १२ को वाषिर्क परिक्षामा मोबाइल फोन प्रतिबन्ध गरिएको छ |
परिक्षामा विद्यार्थीले मोबाइलको प्रयोग गरि एसएमएस मार्फत उत्तर खोजि गर्ने र प्रश्नपत्र बाहिरिने भएकोले मोबाइल फोन परिक्षा अबधि भर प्रतिबन्ध गरिएको हो |
परिक्षा अबधिमा विद्यार्थीलाई मात्र नभई निरीक्षकलाई समेत मोबाइल प्रयोग गर्न पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ |
परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन देशभरका केन्द्राध्यक्ष र मातहतका निकायलाई निर्देशन दिइसकेका छौं,’परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले भने |
यस बर्षको कक्षा १२ को १७ वैशाखदेखि सुरु हुदै छ भने परिक्षामा ३ लाख ९८ हजार १ सय १५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
Mobile phone fully banned during exam of plus 2.
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Education
0 comments