एचआइभी सङ्क्रमित करिब २०० पुगे
Updated on: Monday, December 10, 2012
तुलसीपुर (दाङ) २५ मङ्सिर । एचआइभी सङ्क्रमितको सङ्ख्या यहाँ करिब २०० पुगेको छ ।
एचआइभी एड्सका क्षेत्रमा जिल्लामा काम गर्दै आएको संस्था दाङ प्लसका संयोजक प्रकाश नेपालीका अनुसार सङ्क्रमितमध्ये ११५ पुरुष, ७७ महिला र एक जना तेस्रो लिङ्गी छन् । एक सय ९३ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको जनाइएको छ ।
रोजगारीका लागि खाडी एवम् भारतका विभिन्न स्थानमा गएका पुरुषले असुरक्षित यौनसम्पर्क गर्दा रोग लागेको अध्ययनमा पाइएको संस्थाले जनाएको छ । अहिले जिल्लामा एचआइभी सङ्क्रमितले एआरभी नामक औषधि सेवन गरिरहेका छन् । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Society
0 comments