बिहे गर्न नमान्दा जिउदै जलाएर मार्ने प्रयास ( भिडियो सहित)
Updated on: Sunday, December 9, 2012
जर्वजस्ती बिहे गर्न खोजे पछि नमान्दा बर्दियाको गुलरिया नगरपालिका–८ कि १६ बर्षीया बालिका शिवा हासमीलाई जिउँदै जलाईएको छ ।
छिमेकमा डेरा गरि बस्ने बाबु खानले शुक्रबार शिवाको शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए |
आगोको कारण उनको शरिरको ९०% भाग जलेकोले उपचारमा कठिनाइ भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् |
चिकित्सकहरुले सुबिधा सम्पन्न अस्पतालमा लैजान भनेपछि शिवाका आफन्तले आर्थिक सहयोगको लागि अपिल गरेका थिए |
अपिल गरे लगत्तै उनको उपचारको लागि बिभिन्न संघसंस्था र व्यक्तिहरु मार्फत करिब १ लाख भन्दा बढी रकम संकलन भैसकेको मिडियाहरुले जनाएका छन् |
तस्बिर: सौर्य दैनिक
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments