Freesansar

www.freesansar.com
December 02,2012

पूर्वराज्यमन्त्रीलाई लाठी प्रहार

Updated on:  Monday, January 7, 2013


रुकुम, २३ पुस । सदरमुकाम खलङ्गाको बागबजारमा आज बिहान नेपाली काँग्रेस र प्रहरीबीच झडप भएको छ ।

रुकुम बन्द आह्वान गरेको काँग्रेसले आजको बन्द अवज्ञा गरी बस चलाउन थालेको भन्दै बसमा तोडफोड गरिएपछि सो घटना भएको हो ।

झडपमा परी काँग्रेस नेता तथा पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति मानबहादुर नेपाली, नेपाल तरुण दल अध्यक्ष नन्द विष्ट, जिल्ला कार्यसमिति सदस्य खडक डाँगीलगायत बाह्रभन्दा बढी काँग्रेस कार्यकर्र्तालाई चोट लागेको छ । अहिले सदरमुकाम खलङ्गाको स्थिति तनावग्रस्त बनेको छ ।

गाडी चलाउने विषयमा छलफल भइरहेको समयमा काँग्रेस कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि तनाबको स्थिति सिर्जना भएको थियो । छलफलपछि यातायात सेवा सुचारु गर्ने सहमति भएको छ । पहिलो बस छुटिसकेको र बाँकी गाडीलाई नियमित रूपमा समयमै पठाउने समहमति भएको बताइएको छ ।

यातायात सेवा सञ्चालन भए पनि सदरमुकाम आसपासका बजार तथा स्कुल, क्याम्पस बन्द भएका छन् । काँग्रेस कार्यकर्ताले बन्द सफल बनाउन बिहानै बजार र चोकचोकमा निस्कनाका साथै सडकका विभिन्न ठाउँमा ढुङ्गा लडाएर यातायात अवरोध गरेका थिए ।

आफ्नो पार्टीका दुली गाउँ कार्यसमिति सभापति कविराम खत्रीको हत्या भएको भन्दै काँग्रेसले रुकुम बन्द आह्वान गरेको जनाइएको छ । आजको बन्दबाट पनि आफ्ना मागमाथि कुनै सुनुवाइ नभए थप आन्दोलन गर्ने चेतावनी काँग्रेसले दिएको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items