काठमाडौँमा १५ वर्ष यताकै अत्याधिक चिसो, अझै बढ्ने सम्भावना
Updated on: Monday, January 7, 2013
नेपालमा चिसो अत्यधिक हुन थालेको छ | जाडो महिना हुने चिसो करिब १५ वर्ष यताकै सबै भन्दा बढी चिसो आज बिहान भएको छ |
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको अहिले बिहानको तापक्रम ०.२ डिग्री रहेको छ | मौशम बिदहरु काठमाडौँको तापक्रम अझै घट्ने सक्ने संकेत गर्दै छन् |
उनीहरुले काठमाडौँको तापक्रम जाडो सिजनमा माइनसमा पुग्नु स्वभाबिक भएको बताउदै १५ वर्ष यताकै अति न्यून तापक्रम रहेको बताएका छन् |
१५ वर्ष अघि काठमाडौँको तापक्रम -३ डिग्री सम्म झरेको थियो | काठमाडौँमा मात्र होइन देशका अरु भागमा पनि चिसो अत्याधिक बढेको छ | तराई तिर चिसोकै कारण ८-९ जना मानिसहरुको मृत्यु भैसकेको संचारमाध्यमहरुले जनाएका छन् |
त्यस्तै अस्पतालमा पनि चिसोका बिरामीहरु आउने क्रम बढ्दै गएको चिकित्सकहरु बताउछन | काठमाडौँको तापक्रम दिउसो तापक्रम १९ डिग्री सम्म पुग्ने अनुमान मौसम पूर्वानुमान शाखाले गरेको छ |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments