सामुहिक बलात्कृत युबतिको नाम सार्बजनिक
Updated on: Sunday, January 6, 2013
२२ पुस, काठमाडौं । दिल्लीको सामूहिक बलात्कार पछि मृत्यु भएकी युवतीलाई अहिले सम्म भारतकी छोरी भनेर चिनिएको थियो ।
उनको वास्तविक नाम के हो भन्ने सार्बजनिक गरिएको थिएन | उनको बाबुले अनुमति दिएपछि अब उनको नाम सार्बजनिक भएको छ |
मिरर न्यूजका अनुसार उनको नाम ज्योती सिंह पाण्डे हो । बलात्कृत युबतिको ५३ बर्षीय पिता बद्रीले छोरीको नाम बिश्वका सबै मानिसलाई थाहा होस् भन्ने उदेश्यले आफुले नाम सार्बजनिक गरेको बताए |
" मेरी छोरीले केही गल्ती गरेकी छैन । आत्मरक्षा गर्दा गदै उनको निधन भएको छ । मलाई मेरो छोरी प्रति गर्व छ ।"
मृतकले जिउदो हुदै अस्पतालमा बलात्कारीहरुलाई जिउदै जलाउनु पर्ने भनेको भन्ने कुरा बाहिर आउदा गर्दा मृतकका पिता बद्रीले बलात्कारीहरुलाई मृत्यु दण्ड दिनु पर्ने बताएका छन् |
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Society
0 comments