राष्ट्रपतिको काम नै म्याद थप्ने, फेरी पाँच दिन थप
Updated on: Saturday, January 5, 2013
काठमाडौँ, २१ पुस । राष्ट्रपति डा रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि सहमति कायम गर्न फेरि पाँच दिनको म्याद प्रदान गर्नुभएको छ ।
नेपालको अन्तरिम संविधानको धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई गएको मङ्सिर ८ गते पहिलोपटक आह्वान गर्नुभएको थियो ।
राष्ट्रपतिले सो आह्वान गर्नुभएकामा राजनीतिक दलहरुको मागबमोजिम राष्ट्रपतिले पछिल्लोपटक प्रदान गर्नुभएको समयसीमा हिजो सकिएको थियो ।
राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठनका लागि राजनीतिक दलहरुले सहमतिका लागि थप भएको समयलाई निरन्तरता दिँदै थप समय माग गरेको जनाउँदै यही पुस २५ गते बुधबारका दिनसम्मका लागि समय प्रदान गरिएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments