Freesansar

www.freesansar.com
December 02,2012

बढ्दै छन् यौन दुर्व्यवहार अनि हिंसा

Updated on:  Saturday, January 5, 2013


चाँदनी हमाल, चितवन, पुस २१ - गाउँघरमा आफन्त झै माया गर्नेहरुले नै अवोध बालिकाको अस्मितामाथl धाबा बोलेका घटना एकपछि अर्को बाहिर आउँदैछन् ।

पहिले मायालु बनेर देखापर्ने कुन्सित् मानसिकता बोकेका नै कलिला कोपिला किचिमिची पार्न उद्धत देखिन्छन्।

चारवर्षकी सानी नानी सुनिता राउत (नाम परिवर्तन) लाई आफ्नो यौन कुण्ठाको शिकार बनाउने कुमरोजका रामशरण महतो २१ वर्षका छन्। गाउँघरमा सुनितासँगै बेलाबखत बालसुलभ मनले खेल्ने उनी गत असोज २३ गते हिंस्रक भएर यौन दुर्व्यवहारमा उत्रेका थिए।


उनीभन्दा पाको विरेन्द्रनगरका ४२ वर्षे रोशन राईले त झन ६ वर्षकी दुइ बालिकाको अस्मितासँग खेलवाड गरे । घरमै श्रीमती र छोराछोरी रहेका उनले गत असार १९ गते गाउँकै ६ वर्षीया सिता (नाम परिवर्तन) र असार २१ गते गीता (नाम परिवर्तन)लाई जबरजस्ती यौन हिंसा गरे।
साउन ३२ गते पदमपुरको जंगलमा गाईचराउन गएकी सरिता (नाम परिवर्तन) लाई गाउँकै युवा सुमन खड्काले जंगलमै जबरजस्ती गरे।

नारायणगढ लायन्सचोकमा डेरा गरी बस्ने मीना कुमाल (नाम परिवर्तन) लाई सुदन परियारले मायाको प्रलोभनमै यौन दुर्व्यबहार गरे।
उमेर पुगेका युवा र अधवैशे मात्र हैन १३ वर्षका बालक पनि आफूभन्दा सानी बालिका माथि यौन दुर्व्यवहार गर्न सिक्दैछन्। कठारका १३ वर्षीय सागर मगरले गाउँकै सहपाठी ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेका हुन्।

सद्धे बालिकामाथि यौन दुर्व्यवहार गर्दा उसले कुनै न कुनै दिन व्यक्त गर्छ । तर असक्त बालिका पनि चितवनमा यौन दुर्व्यबहारको शिकार भइन। चण्डि भन्ज्याङकी १५ वर्षिया सीता प्रजा (नाम परिवर्तन) लाई गाउँकै ५६ वर्षीय लालबहादुर थापाले जबरजस्ती करणी गरे ।
बोल्न र हिँड्डुल गर्न नसक्ने सीताले यौन हिंसापछि पीडा हुँदा आँशु खसाल्दै इशारा गरेपछि मात्र आफन्तले थाहा पाएका थिए।

अझ सबै कुरा बुझेर पनि माया प्रेमको प्रलोभनमा परेर बलात्कृत भएकी माडीकी १५ वर्षीया माडीमाया दराईको पिडा सहि नसक्नुको छ। उनलाई गाउँकै अनुप भुसालले प्रेमजालमा फसाएर पटकपटक यौन दुर्व्यवहार गरे। गाउँकै जंगलमा फकाई फुल्याई यौन दुर्व्यवहार गरेपछि थाहै नपाई उनको अश्लिल भिडियो समेत अनुपले खिचे।

आइ लभ यु भनेर फकाउँदै खिचिएको भिडियो अनुपले बजारमा सिडी बनाएर सार्वजनिक गरेपछि माडीमाया यौन हिंसामा परेको खुल्यो।
पराइ बालिका मात्रै हैन हाडनाता मै पनि बालिका यौन दुर्व्यवहारमा परेका छन्। जगतपुरका सुकबहादुर बिकले आफ्नै नाबालक छोरीलाई यौन दुर्व्यबहार गरेपछि उनी अहिले मुद्धा खेपिरहेका छन्।

मंसिर २७ गते उनले न्यायका लागि चितवन जिल्ला अदालतमा मुद्धा दायर गरिन्। तर अनुप भने प्रहरीको खोजी चल्दै गर्दा फरार भए।
चार वर्षदेखि १५ वर्षसम्मका नाबालिकालाई यौन दुर्व्यबहार गरिएका यि मुद्धाहरु मध्ये केही पेशीमा छन् भने केही विचाराधिन छन्।
चार वर्षे बालिकालाई जबरजस्ती करणीको उद्योग गर्ने ज्ञानबहादुर पाँचवर्षे जेल सजाय काटिरहेका छन्। मंसिर २८ गते माडीमै नाबालिकालाई जबरजस्ती करणी गर्ने खेमराज सहनीले ६ वर्षको कैद सजाय पाए भने ५० हजार हर्जाना तिरे।

पुस १९ गते बिहीबार १५ वर्षकी नाबालिकालाई होटलमा लगेर जबरजस्ती करणी गर्ने पूर्वी चितवनका टेकमान गुरुङले जिल्ला अदालतबाट ८ वर्षको सजाय सहित ५० हजार हर्जानाको सजाय पाए। उनीहरुलाई सजाय दिन अदालतलाई निकै कठिन परेको अनुभव वकिल र कर्मचारीहरुको छ।

 'मुद्धा परिसकेपछि हुने ललाइफकाइ र सामाजिक बन्धनका कुराले फैसलाको दिन पीडितको बयान फेरिनेसम्म भए, एक कर्मचारी भन्छन् टेकमान गुरुङलाई मुद्धा लगाउने बालिकाले अन्तिम समयमा १७ वर्ष उमेर पुगिसकेकोले राजीखुशीले गएकी हुँ समेत भनिन्। तर स्कुल भर्नामा उसको उमेर भर्खर १५ भएको पुष्टी रहेकैले कानुनले छाडेन।'

'माडीका खेमराज सहनीको मुद्धा घटना पनि अन्तिम समयमा अनौठो रह्यो। 'पहिले मुद्धा हाल्ने बालिका पछि यसैसँग बिहे गर्छु छाडिदिनुस् भन्न थालिन्,' ति कर्मचारीले सुनाए, 'तर कानुनले भने अनुसार हुने भएकाले सजाय भएरै छाड्यो।'
\

चितवनमा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने घटना बढ्दै गएको अदालतका श्रेष्तेदार दीनबन्धु बराल बताउँछन। साना उमेरका बालिकालाई यौनकार्यमा संलग्न गराउने बढी युवापुस्ताका पुरुषहरु रहेको उनी सुनाउँछन्।

'बालिका यौनहिंसा गर्ने विवाददित भन्दा पनि अबिबाहित बढी छन्,' जिल्ला न्ययाधिवक्ता संजिवराज रेग्मी भन्छन, 'नाबालिकले मन्जुरी दिएपनि यौनसम्बन्ध राख्न कानुनले नै दिदैन।'

कतिपय घटनामा पहिले यौनदुर्व्यवहारको मुद्धा दर्ता गराउने र पछि प्रलोभनमा मुद्धा किनारा लगाउन नआउने गरेको उनी बताउँछन्।
पुस महिनाबाहेक हरेक महिना कम्तीमा दुईवटा बालिका यौन हिंसाको मुद्धा अदालतमा आएको उनले जानकारी दिए। कानुनको सही पालना भए यौनहिंसा गर्नेले उन्मुक्ति नपाउने उनको ठम्याइ छ।

साना उमेरका बालिका यौन दुर्व्यबहारमा पर्नु निन्दनीय रहेको अधिवक्ता फुलमाया रानाभाट बताउँछिन्। 'पछिल्लो समय चितवनमा निकै कम उमेरका बालिकामाथि जघन्य यौनहिंसाले समाजमै नकारात्मक असर पारिरहेको छ,' उनी भन्छिन्, 'अझ सार्वजनिक नभएका कयौं घटना आर्थिक प्रलोभनमा गाउँघरमै लुकाइँदा थप हिंसा बढेको छ।'

बालिकाको उमेर जति कम भयो उति नै बढी जेल सजाय हुने प्रावधान कानुनमा छ। यौन दुर्व्यवहारको कोशिस मात्र गरेको अस्पतालको रिपोर्ट भए आधा सजाय हुने प्रावधान् छ। दुर्व्यवहार गर्नेहरुलाई १० देखि १५ वर्षसम्म कैदसजाय र हर्जाना गरिन्छ। नागरिक

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items