यसरि भिडे २ तन्नेरी बाघ ( फोटो फिचर )
Updated on: Thursday, March 28, 2013
भारतको बान्धवग्रह नेशनल पार्कमा दुइ तन्नेरी बाघ भिडन्तमा उत्रिए,एक अर्कालाई सिध्याउँला झै गरि लछार पछार गर्दै जंगलको वातावरण नै तनाव ग्रस्त बनाए उनिहरुले। दुइ बाघको भिडन्तको दुर्लभ दृश्य हेर्न पार्कमा रहेका मानिस समेत भेला भएका थिए।बेंगाल जाति वाघहरुको यो भिडन्तको जीवन्त तस्विर पनि उतारियो। तर समय बित्तै जाँदा भिडन्तले नयाँ मोड लिन थाल्यो,शरिरमा भएको बल सकिदै जाँदा यी दुइ तन्नेरी बाघ त खेलेको झैं पो गर्ने थाले। खेलेको झैं गरेर दुइ चार मुक्का साँटासाँट गरेको केही समय पछि उनिहरुमा त्यो तागत पनि रहेन्। केही समय अघि सम्म एक अर्कालाइ सिध्याउन कस्सिएका दुइ बाघहरु संगै लाइन लगाएर सुते। दुइ बाघको यो चर्तिकला देखेर हेर्नहरु दंग परेका थिए।
यहाँ दुइ तन्नेरी बागको क्रिडा प्रस्ततु गरिएको छ...
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags:
0 comments