Freesansar

www.freesansar.com
December 02,2012

अर्को जन्ममा देवताहरूलाई मान्छे बनाउँछु

Updated on:  Monday, April 29, 2013


अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरूको चिना म आफैं लेख्छु
भए जति दशा तिमीहरूलाई खन्याउँछु
सानो छँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु

मेरो मन्दिर घुम्न लगाउँछु
भजन किर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु
खुट्टा पखाली जल खुवाउँछु



धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु

अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरूको पनि म प्रेसर बढाउँछु
मुटु चलाउन यन्त्र जडाउँछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलीमा ढुंगा ठोक्छु
एकएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
तिमीहरुलाई म मान्छे बनाउँछु ।

(स्वर्गीय पत्नी मीराको पूञ्य तिथी पारेर आफ्नो पुस्तक विमोचन कर्यक्रममा हरिब‌ंश अचार्यले दिएको मन्तव्यमा भन्नु भएको देवता संग रिसाएर लेखेको कविता )

i will make all gods to human in another birth - Haribansha Acharya

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items